दफा १६
मुद्दाको किनारा गर्नु पर्ने अवधि
(१) विशेष अदालतले मुद्दा दायर भएको मितिले सामान्यतया छ महिनाभित्र मुद्दाको किनारा गर्नु पर्नेछ ।
(२) विशेष अदालतको निर्णय उपर परेको पुनरावेदनमा सर्वोच्च अदालतले सामान्यतया मुद्दाको प्राथमिकतासाथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नु पर्नेछ ।